आइतबार, जेठ २४, २०८३

छोराको चिर्पट प्रहारबाट बाबुको मृत्यु

वाणगंगगा–८ बोडगाँउमा सोमबार राती ९ बजे झगडा हुँदा वर्ष २५ वर्षीय लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बा बलबहादुर दर्जीलाई चिर्पट दाउराले हान्दा मृत्यु भएको हो।
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०
National life
Shivam cement

काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिकामा चिर्पट प्रहार गरी छोराले बाबुको हत्या गरेका छन्। वाणगंगगा–८ बोडगाँउमा सोमबार राती ९ बजे झगडा हुँदा वर्ष २५ वर्षीय लुरे भन्ने भुवन दर्जीले ६२ वर्षीय बा बलबहादुर दर्जीलाई चिर्पट दाउराले हान्दा मृत्यु भएको हो।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि कपिलवस्तु सामुदायिक अस्पताल जितपुर लैजाने क्रममा मृत्यु भएको बताइएको छ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जनाए।

प्रकाशित: Sep 19, 2023| 11:49 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्