आइतबार, मंसिर २८, २०८२

पहिरोको जोखिममा बैतडीका दुई विद्यालय भवन

दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिरोको जोखिममा रहेका हुन्।
 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

बैतडी–पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन्। दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन्।

National life

विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिराको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए।पहिरोका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो। उनले भने, ‘पहिराले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ। विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ।’

विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ। विद्यालय भवन पहिराको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ।
कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन्।

पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिरोको जोखिममा परेको छ।

उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिंह विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो। कक्षा ८ सम्मको  पढाइ हुने नवदुर्गा  आधारभूत विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन्।–रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 19, 2023| 10:41 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्