आइतबार, जेठ २४, २०८३

रूपन्देहीमा मजदुरको ग्याङ फाइट, एक जनाको ज्यान गयो

 |  मंगलबार, असोज २, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २, २०८०

रूपन्देहीको तिलोत्तमामा दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ। सोही झडपमा परी तीन जना घाइते भएका छन्।  घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ।

National life

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रूपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच सोमबार राति झडप भएको हो। एक होटलमा बसी मदिरा सेवन गरिरहेका मजदुरहरुबीच सामान्य विवाद बढ्दै जाँदा झडप भएको हो। 

झडपमा परी हेटौंडा घर भई रूपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश स्याङ्तानको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्को समूहको चक्कु प्रहारबाट गम्भीर घाइते भएका स्याङ्तानको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाइते भएका छन्। 

उनीहरूको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र दुई जनाको अवस्था गम्भीर रहेको छ। प्रहरीले १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।

Shivam cement

प्रकाशित: Sep 19, 2023| 09:54 मंगलबार, असोज २, २०८०
प्रतिक्रिया दिनुहोस्