शुक्रबार, वैशाख २६, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • नेपालीको डिजिटल मार्केटिङ कम्पनी अष्ट्रेलियामा उत्कृष्ट, नेपालमा पनि सेवा विस्तार गर्ने

नेपालीको डिजिटल मार्केटिङ कम्पनी अष्ट्रेलियामा उत्कृष्ट, नेपालमा पनि सेवा विस्तार गर्ने

 |  सोमबार, असोज १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

vianetvianet

नेपालीले अष्ट्रेलियामा सञ्चालन गरेको डिजिटल मार्केटिङ कम्पनी उत्कृष्टमा पर्न सफल भएको छ। अष्ट्रेलिया बस्ने नेपाली मूलका यूवाले सञ्चालनमा ल्याएको डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ २०२३ को सिड्नीको स्थानीय व्यवसायलाई दिइने सम्मानका लागि उत्कृष्टमा परेको हो। सिड्नीको माउण्ट ड्रुईट सेन्ट मेरिज क्षेत्रमा रहेको डिजिटल मार्केटिङ कम्पनी आफ्नै क्षेत्रमा रहेका नयाँ व्यवसायहरू मध्येबाट छानिएर उत्कृष्टहरूमा परेको हो।

triton college

डिजिटल मार्केटिङ कम्पनी ‘डिजिटल एल्गोरिदम’ले अष्ट्रेलियामा वेब डिजाईनिङ, वेब डेभलोपमेन्ट, सर्च ईन्जिन अप्टिमाईजेसन, ब्राण्डिङ साथै सम्पूर्ण डिजिटल मार्केटिङको काम गर्दछ। गत वर्षदेखि सञ्चालनमा आएको डिजिटल मार्केटिङ कम्पनीले अष्ट्रेलियामा बिजनेस, माईग्रेसन, अष्ट्रेलियाको अध्ययन, करिअर विकास लगायतका क्षेत्रमा १० भन्दा बढी अनलाईन मिडिया सञ्चालन गरिरहेको छ।
‘डिजिटल एल्गोरिदम’का बिजनेस डेभलपमेन्ट म्यानेजर मदनमणि अधिकारीले व्यवसाय सुरू गरेको पहिलो वर्षको उपलब्धिका रूपमा व्यवसायिक समुदायबाट पाएको सम्मानले आफूहरूलाई हौसला थपेको बताए। ‘हामीलाई आफ्नो व्यवसायको सफलताको सारथी बनाउनुहुने सबै व्यवसायी र ग्राहक वर्ग नै यसखालको सम्मानको असली हकदार हुनुहुन्छ,’ अधिकारीले भने।

‘डिजिटल एल्गोरिदम’ ले सिड्नीमा १५ हजारभन्दा बढी साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई बजार, व्यवसाय प्रबर्धन, ब्राण्डिङ लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ। साथै कम्पनीले नेपाली समुदायका व्यवसायीका लागी सुपथ र सुलभ रूपमा डिजिटल सेवाहरू प्रदान गर्ने जनाएको छ।  

नेपालमा पनि सेवा विस्तार गर्ने
अष्ट्रेलियाका साना व्यवसायी तथा ट्रेडी (सीप व्यवसायी)लाई सेवा दिईरहेको ‘डिजिटल एल्गोरिदम’ले छिटै नेपालमा पनि नेपाली व्यवसायी तथा अन्तर्राष्ट्रिय बजारमा आफ्ना सेवा पुरयाउन चाहनेहरूलाई सहयोगी हुने गरेर सेवा विस्तारको योजना बनाएको बिजनेस डेभलपमेन्ट म्यानेजर अधिकारीले बताए।

उनले नेपालबाट नेपाली व्यवसायीले पाउन नसक्ने खालका ‘पेमेन्ट’ लगायतका समस्या हटाउने गरेर सेवा सञ्चालनको योजना रहेको बताए। अष्ट्रेलिया बस्ने नेपाली मार्केटर, सफ्टवेयर ईन्जिनियरहरूले सञ्चालन गरेको कम्पनीले अहिले नेपालमा आउटसोर्सिङको माध्यमबाट रोजगारीको सृजना गरिरहेको छ।

National life insurance

 

प्रकाशित: Sep 18, 2023| 18:19 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्