आइतबार, जेठ २४, २०८३

नारायणी नदीमा डुबेर दुई बालकको मृत्यु

 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

पूर्वी नवलपरासीको गैंडाकोटमा नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। गैंडाकोट नगरपालिका-७ का सुमन कुमालका ९ र १४ वर्षका छोराको डुबेर मृत्यु भएको हो।

National life

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार डुबेका बालकलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।

साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नारायणी नदीमा डुबेका हुन्। प्रहरी र स्थानीयले तत्कालै उद्धार गरे पनि उनीहरुलाई बचाउन सकेनन्।

 

प्रकाशित: Sep 18, 2023| 17:07 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्