पूर्वी नवलपरासीको गैंडाकोटमा नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। गैंडाकोट नगरपालिका-७ का सुमन कुमालका ९ र १४ वर्षका छोराको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार डुबेका बालकलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नारायणी नदीमा डुबेका हुन्। प्रहरी र स्थानीयले तत्कालै उद्धार गरे पनि उनीहरुलाई बचाउन सकेनन्।