सोमबार, असोज ८, २०८०

गर्भवती श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् पक्राउ

गर्भवती श्रीमतीलाई इच्छा विपरीत जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
 |  सोमबार, असोज १, २०८०
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– गोरखामा गर्भावस्थाकी श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान् पक्राउ परेका छन्। पालुङटार नगरपालिका–७ का एक व्यक्ति पक्राउ परेका हुन्। 

sagarmatha cement

प्रहरीले पक्राउ परेका श्रीमान्को नाम भने सार्वजनिक गरेको छैन। गर्भवती श्रीमतीलाई इच्छा विपरीत जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

२४ भदौ बिहान ५ बजे आफूलाई धाकधम्की दिई गालीगलौज तथा कुटपिट गरी जबर्जस्ती करणी गरेको भन्दै श्रीमतीले जाहेरी दिएपछि श्रीमान्लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका श्रीमान्विरुविरुद्ध वैवाहिक जबर्जस्ती करणी कसुरमा मुद्दा दर्ता गरिने डीएसपी रमेशकुमार श्रेष्ठले बताए।

प्रकाशित: Sep 18, 2023| 16:18 सोमबार, असोज १, २०८०
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्