आइतबार, जेठ २४, २०८३

न्युरोडको प्रख्यात टिपटप समोसालाई महानगरको दुई लाख जरिवाना

 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौंको न्युरोडस्थित टिपटप समोसा पसल कारबाहीमा परेको छ। काठमाडौं महानगरपालिकाले यो पसललाई दुई लाख रुपैयाँ जरिवाना तिराएको हो।

National life

अनुगमनका क्रममा अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरपालिकाले जनाएको छ। पसलले उत्पादन गरेको दूधबरी बिग्रिएको अवस्थामा पाइएको हो। महानगरपालिकाले पसल सञ्चालकलाई गुणस्तर कायम गर्न निर्देशन पनि दिएको छ।

दूधजन्य वस्तुको तापक्रम कायम राख्न, बजारमा पठाइसकेका मिठाइ फिर्ता गरेर नष्ट गर्न तथा कर्मचारीको बोलीबचनमा सुधार गर्नसमेत निर्देशन दिइएको छ।

 

प्रकाशित: Sep 18, 2023| 15:09 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्