आइतबार, जेठ २४, २०८३

सल्यानमा आमाछोरीको शंकास्पद मृत्यु

 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

सल्यानमा आगलागीबाट आमाछोरीको मृत्यु भएको घटना शंकास्पद रहेको खुलेको छ। भदौ ३० गते बिहान त्रिवेणी गाउँपालिका-२ मा ३२ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु मृत फेला परेका थिए।

National life

आफ्नै घरको कोठामा शरीरको आधा भाग जलेको अवस्थामा उनीहरूको शव फेला परेको थियो। बिहान साढे ६ बजेसम्म पनि उनीहरू नउठेपछि छिमेकीले ढोका खोलेर हेर्दा आमाछोरी सुतेकै कोठामा मृत फेला परेका थिए।

त्यसपछि स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो। उक्त घरमा आमाछोरी मात्रै बस्थे। जस्ताले छाएको घरमा दुइटा ढोका छन् र एउटामा भित्रबाट चुकुल लगाइएको थियो। अर्कोमा भने बाहिरबाट चुकुल लगाइएको थियो।

कोठामा ढोकाबाहेक झ्याल वा भेन्टिलेटर छैन। प्रहरीले घटना शंकास्पद भएको भन्दै आगलागीमात्रै भएर ज्यान जाने सम्भावना कम भएको बताएको छ। आगलागी भए पनि आमाले छोरी बोकेर सहज रूपमै भाग्न सकिने अवस्था रहेको प्रहरीको विश्लेषण छ।

घटना शंकास्पद देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानमा सघाइरहेको छ। उनीहरु ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका थिए। मृतकका श्रीमान् शुकबहादुर थापा रोजगारीको सिलसिलामा भारतमा छन्।

Shivam cement

सुरूमा प्रहरीले खाना पकाउने ग्यास सिलिन्डर लिक भई त्यसैबाट आगो सल्किएर घटना भएको हुन सक्ने आशंका गरेको थियो। तर प्रहरी अनुसान्धानबाट ग्यास सिलिन्डर लिक भएको नपाइएको र कोठामा आगो लागेको अवस्था रहे पनि ग्यास सिलिन्डरमा क्षति नभएको पाइएपछि घटना शंकास्पद भएको निष्कर्षमा पुगेको हो।

 

प्रकाशित: Sep 18, 2023| 14:56 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्