आइतबार, जेठ २४, २०८३

सर्पले टोकेर युवतीको मृत्यु

घरमा सुतिरहेका बेला सर्पले टोकेपछि कल्पना शाहीको मृत्यु भएको हो।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०
National life
Shivam cement

काठमाडौं– सर्पले टोक्दा दैलखको ठाटीकाँध गाउँपालिका–१ नुवावनकी १८ वर्षीया युवतीको मृत्यु भएको छ। आइतबार बेलुका घरमा सुतिरहेका बेला सर्पले टोकेपछि कल्पना शाहीको मृत्यु भएको हो। बेलुका ६ बजेतिर सर्पले शाहीलाई हातमा टोेकेको थियो। 

उनका दाइ निराजन काठमाडौं र बुबा भारत रोजगारीमा रहेका छन्। घरमा आमा र उनी मात्र थिए। सर्पले टोकेलगत्तै झारफुक गर्दा बिसेक नभएपछि अस्पताल लजाँदै गर्दा कल्पनाको मृत्यु भएको हो। ९ कक्षा पढ्ने कल्पनाको शव पोस्टमार्टमका लागि दुल्लु अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

प्रकाशित: Sep 18, 2023| 14:08 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्