शनिबार, असार १४, २०८२

नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृशोक

९७ वर्षीय स्व.रामबहादुर उच्च रक्तचापलगायत रोगबाट पीडित थिए।
 |  सोमबार, असोज १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

vianetvianet

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. गंगालाल तुलाधरका पिता रामबहादुर तुलाधरको  निधन भएको छ।
उच्च रक्तचापलगायत रोगबाट पीडित ९७ वर्षीय स्व.रामबहादुरको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले मर्माहत तुल्याएको बताएछन्। खनालले आज एक शोक सन्देश जारी गर्दै उनीप्रति श्रद्धाञ्जलि तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रकाशित: Sep 18, 2023| 13:06 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्