शनिबार, असार १४, २०८२

बेचबिखनमा परेका १ हजार ६७९ को उद्धार, पुरुष पनि बेचिए

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये २१४ जनाको उद्धार गरिएको ब्युरोको तथ्यांक। 
 |  सोमबार, असोज १, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

vianetvianet

काठमाडौं– प्रहरीले पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका १ हजार ६७९ जनाको उद्धार गरिएको जनाएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्म बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको तथ्यांकले देखाएको हो।

१ हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्युरोकै पहलमा ५ सय ४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये १ हजार ७८ महिला तथा ६०५ पुरुष रहेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए।

वैदेशिक रोजगारीका नाममा मानव बेचबिखन बढ्दो रहेको उनको भनाइ छ। आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये २१४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले जानकारी दिए। यस्तै, आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको प्रहरीको तथ्यांक छ।

प्रकाशित: Sep 18, 2023| 12:51 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्