आइतबार, जेठ २४, २०८३

तीज कार्यक्रममा विवाद हुँदा चक्कु प्रहारबाट युवाको हत्या

पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको हो।
 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं– तीज अवसरमा नाचगान भइरहेका बेला युवाहरुबीच झगडा हुँदा पाल्पाको तिनाउ गाउँपालिका–२ दोभान घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको चक्कु प्रहार गरी हत्या भएको छ।

National life

आइतबार राती साढे १२ बजे तीज गीत कार्यक्रममा महिला नाचेको विषयलाई लिएर झडप हुँदा ती युवकमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताएका हुन्।

चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा राती पौने २ बजे उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरीले हत्या आरोपमा ४ जना युवालाई नियन्त्रणमा लिए पनि थप विवरण खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मासहितको टोली घटनास्थल पुगेको बताइएको छ।

प्रकाशित: Sep 18, 2023| 10:58 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्