आइतबार, जेठ २४, २०८३

आज कहाँ-कहाँ हुँदैछ वर्षा ?

 |  सोमबार, असोज १, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, असोज १, २०८०

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ। नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भूभाग र मध्य प्रदेशको पश्चिमी भूभाग आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।

National life

आज देशका केही भूभागमा वर्षाको सम्भावना रहेको जनाइएको छ। बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

वर्षाका कारण नदीको जलसतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधाको सम्भावना रहेको विभागको भनाइ छ।

Shivam cement

प्रकाशित: Sep 18, 2023| 09:43 सोमबार, असोज १, २०८०
प्रतिक्रिया दिनुहोस्