आइतबार, जेठ २४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चार जनाको ज्यान गएको गैरीगाउँ हत्याकाण्ड: अनुसन्धानको दोस्रो दिन अभियुक्त सार्वजनिक

चार जनाको ज्यान गएको गैरीगाउँ हत्याकाण्ड: अनुसन्धानको दोस्रो दिन अभियुक्त सार्वजनिक

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौं– शुक्रबार राति काठमाडौंको तीनकुने गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। 

National life

अनुसन्धान सुरु गरेको दोस्रो दिन आज आइतबार प्रहरीले मुख्य अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी रहेका छन्। हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको हो। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको हो। 

उनी बोल्न नसक्ने र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउपछि उनले कापीमा ‘आइ किल्ड फोर पिपल’ लेखेका थिए।

वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका २० वर्षीय नवीन राईसँग अभियुक्त भण्डारीको रिसिबीका कारण हत्या भएको पाइएको छ। 

Shivam cement

केही दिनअघि चाबहिलमा नवीनले चलाएको बाइकको ठक्करबाट भण्डारी घाइते भएका थिए। शुक्रबार राति भने भण्डारी नवीन बस्ने फर्निचरमा पुगेका थिए। केही विवादपछि उनले झोलामा राखेको कुखुरी निकालेर नवीनको हत्या गरेको बयान दिएका छन्। 

त्यसपछि बाहिर निस्किँदै गर्दा उनले थाहा पाउने डरले तल्लो तलामा बस्ने थप तीन जनाको पनि हत्या गरेको स्वीकार गरेका छन्। काठ मिलमा सुरक्षा गार्डको काम गर्ने कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुमित्रा भुजेलको पनि भण्डारीले नै हत्या गरेको स्वीकारेका छन्।
 

प्रकाशित: Sep 17, 2023| 19:08 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्