आइतबार, जेठ २४, २०८३

उच्च र जिल्लाका १२ न्यायाधीशको सरुवा, को कहाँ? (सूचीसहित)

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौं- न्याय परिषद्ले उच्च र जिल्लाका गरी १२ जना न्यायाधीशको सरुवा गरेको छ। न्याय परिषद्को आइतबारको बैठकले उच्च अदालतका ७ र जिल्ला अदालतका ५ जना न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो। 

National life

उक्त निर्णय अनुसार उच्च अदालत जनकपुरकी न्यायाधीश शारङ्गा सुवेदीलाई पाटन उच्च अदालतमा सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालत, नेपालगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्दलाई तुल्सीपुर सरुवा गरिएको छ। 

त्यस्तै, उच्च अदालत विराटनगरका बलभद्र बास्तोलालाई जनकपुर सरुवा गरिएको छ। तुल्सीपुर उच्च अदालतका न्यायाधीश वामदेव ज्ञवालीलाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमा सरुवा गरिएको छ। 

उच्च अदालत पोखरा, बागलुङ इजलासका न्यायाधीश निलम पौडेललाई जनकपुर उच्च अदालतको वीरगन्ज इजलासमै सरुवा गरिएको छ। 

Shivam cement

प्रकाशित: Sep 17, 2023| 17:57 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्