शनिबार, असार १४, २०८२

६१ किलो सुन तस्करी प्रकरण

२९ जना प्रतिवादी, साढे तीन अर्ब बिगो

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरेको छ। २९ जनालाई प्रतिवादी बनाउँदै आइतबार मुद्दा दायर गरिएको हो।

प्रतिवादी सबैलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी गर्दै मुद्दा दायर भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत बुधबार सरकारी वकिलको कार्यालयमा रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवादी २९ मध्ये १८ जना फरार छ्न्। यीमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली छन्।

 

प्रकाशित: Sep 17, 2023| 17:12 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्