आइतबार, जेठ २४, २०८३

मूर्ति बनाउन भ्याइनभ्याइ

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

सुनसरी- विश्वकर्मा पूजा आउन तीन दिनमात्र बाँकी रहेका बेलामा विश्वकर्माको मूर्ति बनाउन कलाकारलाई भ्याइनभ्याइ भएको छ।

National life

कलाकारलाई विश्वकर्माको मूर्ति बनाउन भ्याइनभ्याइ हुनाका साथै मूर्ति किन्नेको भिड बढेपछि पूजाको चहलपहल बढेको मूर्तिकार विनोद यादवले बताए। यहाँ सबै सवारी साधनका धनी तथा कलकारखानामा विषेश उत्सवकारुपमा विश्वकर्माको पूजा गरिने भएकाले इनरुवासहित जिल्लाको विभिन्न ग्रामीण क्षेत्र तथा सहरी क्षेत्रमा यसको चहलपहल बढेको हो।

विश्वकर्मा पूजालाई लक्ष्य गरेर स्थानीय मूर्तिकारले हजारौँ मूर्ति निर्माण गर्ने गरेको इनरुवा-८ का मूर्तिकार रामलखन मण्डलले बताए। यहाँ दुई हजारदेखि पाँच हजार रूपैयाँसम्मको कलात्मक माटोको मूर्ति बनाएर बिक्री गर्ने गरिएको मूर्तिकार मनोज मेहताले बताए।

इनरुवा-८ का रामलखन मण्डलले एक्लै ५० वटा विश्वकर्माको मूर्ति निर्माण गरेको बताए। तयार भएका मूर्तिमध्ये अधिकांश बिक्री भइसकेको उनी बताउँछन्। सुनसरीमा १० हजारको सङ्ख्यामा विश्वकर्माको मूर्ति खरिद-बिक्री हुने गरेको छ।

मूर्तिको माग बढेपछि मूल्यसमेत बढेको स्थानीय उपभोक्ताले बताए।

Shivam cement

यसरी विभिन्न समयमा मूर्तिकारले माटोको कलात्मक मूर्ति निर्माण गरी वार्षिक दुई लाखदेखि दुई लाख ५० हजार रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्। यसरी मूर्तिकारले कामलाई संरक्षण गर्नसके मूर्तिको उचित मूल्य पाउन सकिने भएकाले सरकारलेसमेत मूर्तिकारलाई समयसमयमा तालिम प्रदान गरी प्रोत्साहन गर्न जरुरी रहेको सरोकारवाला बताए। 

प्रकाशित: Sep 17, 2023| 19:45 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्