आइतबार, जेठ २४, २०८३

मानब बेचबिखनको डरलाग्दो ग्राफ: ५ वर्षमा १६ सयको उद्धार

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०
National life
Shivam cement

काठमाडौं- पछिल्लो पाँच वर्षमा नेपाललगायत विभिन्न देशबाट बेचबिखनमा परेका एक हजार छ सय ७९ जनाको उद्धार गरिएको छ। नेपाल प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि आव २०७९/८० सम्ममा बेचबिखनमा परेका उनीहरुको उद्धार गरिएको हो।

ब्यूरोका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार एक हजार एक सय ३४ जनाको विभिन्न जिल्लास्थित प्रहरी कार्यालयबाट उद्धार गरिएको छ। ब्यूरोकै पहलमा पाँच सय ४४ जनाको उद्धार गरिएको छ। यसरी उद्धार गरिएकामध्ये एक हजार ७८ महिला तथा छ सय पाँच पुरुष रहेका छन्।

आर्थिक वर्ष २०७८/७९ मा बेचबिखनमा परेकामध्ये दुई सय १४ जनाको उद्धार गरिएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए। यस्तै आव २०७९/८० मा तीन सय ३६ जनाको उद्धार गरिएको थियो। वैदेशिक रोजगारीका नाममा बेचबिखन बढ्दो रहेको उनले बताए।

प्रकाशित: Sep 17, 2023| 21:41 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्