शनिबार, असार १४, २०८२

सयभन्दा बढी प्रकारका एन्टिबायोटिक औषधि उत्पादन र बिक्रीमा रोक

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

काठमाडौं- औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण उत्पादन तथा आयातमा रोक लगाएको छ। विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र सम्मिश्रणहरूलाई रोक लगाउने निर्णय गरिएको हो।  

नेपाली उद्योगले अब ती औषधि उत्पादन गर्न तथा समिश्रणका लागि कच्चा पदार्थ आयात गर्नसमेत पाउने छैनन्। १०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्रीवितरणका लागि लाइसेन्ससमेत नदिने विभागले निर्णय गरेको छ।

हाल बजारमा त्यस्ता औषधि बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ।

Not-recommended-Antibiotics-(1)-(1)-1694939682.jpg

प्रकाशित: Sep 17, 2023| 14:25 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्