आइतबार, जेठ २४, २०८३

चार जनाको हत्या भएको गैरीगाउँ घटना: थप एक संदिग्ध पक्राउ

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

काठमाडौंको तीनकुने गैरीगाउँमा शुक्रबार राति भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ। सीसीटीभी फुटेजमा देखिएमा संदिग्ध व्यक्तिलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

National life

घटनाबारे जानकारी दिन आफैं प्रहरी कार्यालय पुगेका दीपेन्द्र राई पनि प्रहरी नियन्त्रणमै छन्। यीबाहेक अन्य तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

गैरीगाउँस्थित दिव्य सः मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल, आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको थियो।

 

प्रकाशित: Sep 17, 2023| 13:48 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्