आइतबार, जेठ २४, २०८३

बिरामीको बिचल्ली, डाक्टरहरुसँग वार्ता हुँदै

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

नेपाल चिकित्सक संघको आह्वानमा आज आइतबार देशभरका सरकारी र निजी अस्पतालको आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा ठप्प हुँदा बिरामीको बिचल्ली भएको छ।

National life

हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकद्वय विकास थापा र प्रशान्त विडारी ड्युटीमा रहेको अवस्थामा कुटिएको विरोधमा संघको आह्वानमा सेवा बन्द गरिएको हो।

बन्दका कारण ओपीडीलगायतमा उपचार गर्न आउने बिरामी बिचल्लीमा परेका छन्। चिकित्सकहरु बिरामीको उपचार गर्न छाडेर आन्दोलन गरिरहेका छन्।

यसैबीच आन्दोलनमा उत्रिएका चिकित्सकहरूसँग वार्ता गर्न स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले समिति गठन गरेको छ।

अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटाको नेतृत्वमा वार्ता समिति गठन गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। वार्ता समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव रहने छन्।

Shivam cement

समितिले आन्दोलनरत नेपाल चिकित्सक संघलाई वार्तामा बोलाएको छ। आन्दोलनरत पक्षसँग बिहान ११ बजे वार्ता सुरु भएको बताइएको छ।

प्रकाशित: Sep 17, 2023| 11:43 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्