आइतबार, जेठ २४, २०८३

१३ वर्षीया विद्यार्थी बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ

 |  आइतबार, भदौ ३१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०
National life
Shivam cement

जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।

सप्तरीको महादेव गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ।

शिक्षक साहलाई कक्षा ९ मा अध्ययरत १३ वर्षीया छात्रालाई करणी गरेको अभियोगमा यही भदौ २८ गते साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ। जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए।
 

प्रकाशित: Sep 17, 2023| 06:35 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्