शनिबार, असार १४, २०८२

गैरीगाउँ हत्याकाण्ड: तालिम प्राप्त कुकुरले पत्ता लगाए हतियार

 |  आइतबार, भदौ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ३१, २०८०

vianetvianet

शुक्रबार राति काठमाडौंको गैरीगाउँमा भएको सामूहिक हत्यामा प्रयोग भएको हतियार प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनास्थलको अवस्था अनुसन्धान गर्ने क्रममा तालिम प्राप्त कुकुरको पनि प्रयोग गरेको थियो। कुकुरकै सहयोगमा प्रहरीले सो हत्यामा प्रयोग भएको हतियार फेला पारेको हो। 

काठमाडौं प्रहरी परिसरका अनुसार घटनामा खुकुरी र एक घरेलु धारिलो हतियार प्रयोग भएको छ।

तीनकुन गैरीगाउँ स्थित दिव्य काठ मिलमा सुरक्षा गार्ड रहेका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङका नवीन राईको शुक्रबार राति हत्या भएको थियो। प्रहरीलाई हत्याको सूचना दिन प्रहरी वृत्त बानेश्वर पुगेका २८ वर्षीय दीपेन्द्र राई नै यो विभत्स अपराधका संदिग्ध देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। 

प्रहरीलाई सूचना दिन आएका दीपेन्द्र रगत लतपतिएरै बानेश्वर वृत्त पुगेका थिए। अहिले उनी प्रहरीको हिरासतमा छन्। प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ तर उनीहरुको परिचय खुलाएको छैन।
 

प्रकाशित: Sep 17, 2023| 05:55 आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्