आइतबार, असार १५, २०८२

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको ज्यान गयो

 |  शनिबार, भदौ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

vianetvianet

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।

दैलेखको दुल्लु नगरपालिका-२ आपकोरूख दुल्लुस्थित भित्री सडकमा लु.३ त ९६९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ पाली बस्ने २५ वर्षीय धर्म महतको घटनास्थलमै मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ।

यता रौतहटको फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर चोकमा ना.५ ख ३४५१ नम्बरको ट्रकले ना.५१ प ४९४१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ घुसुकपुर बस्ने ३५ वर्षीय उमेश राय यादवको घटनास्थलमै मृत्यु भएको छ। सोही विषयलाई लिएर स्थानीय बासिन्दाले ढुङ्गामुढा गर्दा घाइते भएका ट्रक चालकको विजयपुरस्थित नेशनल हस्पिटल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ।

त्यस्तै धनुषाको धनुषाधाम नगरपालिका-६ मालटोलस्थित सडकमा बागमती प्रदेश ०१-०२७ च ०३८९ नम्बरको पिकअप गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ। ठक्करबाट गम्भीर गाइते भएक उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ।

कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ निगाली चोकमा लु.२७ प २९०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रामापुर बस्ने ५० वर्षीय कन्हैया यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडास्थित सडकमा ना.८ ख ३७६ नम्बरको ट्याङकरले बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र मोटरसाइकलमा सवार मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीय नबिन पाण्डेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Sep 16, 2023| 17:38 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्