आइतबार, असार १५, २०८२

माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

 |  शनिबार, भदौ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

vianetvianet

मोरङमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ। ग्रामथान गाउँपालिका २ स्थित माछा पोखरीमा डुबेर सोही गाउँपालिका २ खुनियाकट्टा बस्ने घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको शनिबार दिउँसो मृत्यु भएको छ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनीहरूको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

उता बागलुङको ढोरपाटन नगरपालिका ८ बोवाङ बस्ने नैना कुमारी बिकको छोरा ३ वर्षीय संघर्ष बिकको सोही नगरपालिका ७ नौथरगाउँस्थित बोवाङ स्वास्थ्य चौकीको खानेपानीको ट्यांकीमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ।

प्रकाशित: Sep 16, 2023| 17:24 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्