आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको सडक दुर्घटनामा मृत्यु

अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको सडक दुर्घटनामा मृत्यु

 |  शनिबार, भदौ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

vianetvianet

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजेतिर सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए। उनीहरुलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो। 

खाडीचौरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।১

प्रकाशित: Sep 16, 2023| 17:16 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्