सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको सडक दुर्घटनामा मृत्यु

अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको सडक दुर्घटनामा मृत्यु

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०
National life
Shivam cement

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो १ बजेतिर सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा अनेरास्ववियु सिन्धुपाल्चोकका सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए। उनीहरुलाई धुलिखेल अस्पताल ल्याइएकोमा उपचारका क्रममा निधन भएको हो। 

खाडीचौरबाट काठमाडौं आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्यांकर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१ प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो। ट्यांकर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।১

प्रकाशित: Sep 16, 2023| 17:16 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्