सोमबार, जेठ २५, २०८३

दुई महिनाअघि घरबाट हराएकी महिलाको शव जंगलमा भेटियो

कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको शव सूर्यविनायक नगपालिका–२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीया परमेश्वरी दाहालको रहेको पुष्टि।
 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

भक्तपुर– दुई महिनाअघि घरबाट हराएकी एक महिलाको जंगलमा टाउको छिनेको अवस्थामा शव फेला परेको छ।

National life

मध्यपुरथिमि नगरपालिका–४ तसीटोलस्थित बालकुमारी सामुदायिक वनमा घाँस काट्न गएकी महिलाले टाउको छिनेको शव देखेपछि प्रहरीलाई खबर गरेकी जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताए।

दुई महिना अगाडि हराएकी महिलाकी शवको कंकाल मध्यपुरथिमिको जंगलमा भेटिएको उनले जानकारी दिए। पाठकका अनुसार कंकालमा भेटिएको लुगाका आधारमा शवको पहिचान गरिएको हो।

‘उक्त शव सूर्यविनायक नगपालिका–२ बालकोटस्थित बंगलामुखी बस्ने ६१ वर्षीय परमेश्वरी दाहालको रहेको परिवारले पहिचान गरेको छ’, उनले भने।

मृतककी छोरी जानुका दाहालले गत १० साउनमा आमा हराएको भन्दै प्रहरीवृत्त थिमिमा जाहेरी दिएकी थिइन्। शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोटमा पठाइएको जनाउँदै प्रनाउ पाठकले घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए।

Shivam cement

प्रकाशित: Sep 16, 2023| 16:45 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्