आइतबार, वैशाख २७, २०८३

बूढानीलकण्ठ स्कुलमा ओम चावहिल डेन्टल अस्पतालको निःशुल्क दन्तशिविर

शिविरमा विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थीको दन्त परीक्षण गरिएको थियो। 
 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

National life

काठमाडौं– ओम चावहिल डेन्टल अस्पतालले  बूढानीलकण्ठ स्कुलमा एकदिने दन्तशिविर सञ्चालन गरेको छ। शिविरमा विद्यालयमा अध्ययनरत ५ सय ५० विद्यार्थीको दन्त परीक्षण गरिएको थियो। ओम चावहिल डेन्टल अस्पतालले देशका विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क दन्तशिविर सञ्चालन गर्दै आइरहेको छ।

अस्पतालकी डा. निशा खड्काले दन्त शिविरमा अस्पतालमा उपलब्ध सबै सुविधा उपयोग गरेर विद्यार्थीको दाँत परीक्षण गरिएको बताइन्। शिविरमा दाँतको परीक्षण, एक्सरे, दाँत निकाल्ने, दाँत सफा गर्नेलगायतका सुविधा उपलध् गराइएको थियो।

बूढानीलकण्ठ स्कुलकी हेल्थ सेन्टर प्रमुख मीरा पाण्डेले विद्यालयले हरेक वर्ष विद्यार्थीको स्वास्थ्य अवस्था पत्ता लगाउन स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताइन्।स्कुलको नियमित कार्यक्रमलाई अस्पतालले निःशुल्क शिविर सञ्चालन गरिदिएर सहयोग गरेको पाण्डेको भनाइ छ।
 

प्रकाशित: Sep 16, 2023| 17:20 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्