सोमबार, जेठ २५, २०८३

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

ग्रामथान गाउँपालिका–२ स्थित रम्भादेवको माछा पोखरीमा डुबेर १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको प्रहरीले बताएको हो।
 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०
National life
Shivam cement

काठमाडौं– मोरङको ग्रामथान गाउँपालिकामा पोखरीमा डुबेर दुई बालिकाले ज्यान गुमाएका छन्। ग्रामथान गाउँपालिका–२ स्थित रम्भादेवको माछा पोखरीमा डुबेर १० वर्षीया रेजिना खवास र १२ वर्षीया समीक्षा माझीको मृत्यु भएको प्रहरीले बताएको हो।

दुई बालिका डुबेर घाइते भएको अवस्थामा शनिबार बिहान स्थानीयले फेला पारेका थिए। त्यसपछि कोसी अस्पतालमा ल्याइए पनि डाक्टरले दुई बालिकालाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए। 
 

प्रकाशित: Sep 16, 2023| 15:10 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्