आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • गैरीगाउँ सामूहिक हत्याः छोराबुहारी भेट्न जाँदा मारिइन् शुभद्रा

गैरीगाउँ सामूहिक हत्याः छोराबुहारी भेट्न जाँदा मारिइन् शुभद्रा

छोराबुहारी यतै काठमाडौं भएकाले उनकी आमा शुभद्रा श्राद्ध गर्न केही दिनअघि मात्रै काठमाडौं आएको बताइन्छ।
 |  शनिबार, भदौ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

vianetvianet

काठमाडौं– तीनकुनेको गैरीगाउँस्थित दिव्या सःमिलमा शुक्रबार मध्यराती भएको सामूहिक हत्यामा चार जना मारिएका छन्। हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका रहेको प्रहरीले पुष्टि गरेको छ।

सःमिलमा सुरक्षागार्डको काम गर्ने दोलखाको कालिञ्चोक गाउँपालिका–८ का ५५ वर्षीया कुमार भुजेल, ४२ वर्षीया श्रीमती अम्बिका भुजेल, कुमारकी ७१ वर्षीया आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका २५ वर्षीय नवीन राईको शनिबार पौने १२ बजे हत्या भएको हो।

सःमिलमा सुरक्षागार्ड रहेका कुमारका बुबा गत वर्ष जेठमा बितेका थिए। छोराबुहारी यतै काठमाडौं भएकाले उनकी आमा शुभद्रा श्राद्ध गर्न केही दिनअघि मात्रै काठमाडौं आएको बताइन्छ। ‘छोराहरु काठमाडौंमै भएकाले गोकर्णमा श्राद्ध गर्न ठूलीआमा (शुभद्रा) कुशेऔंसी अगाडि काठमाडौं गएको कुमारका काकाका छोरा (भाइ) मानकाजी भुजेलले भने।

शुभद्रा काठमाडौं आएर बालुवाटारस्थित माइलो छोराकहाँ बसेकामा शुक्रबार मात्रै जेठा छोराबुहारी भेट्न तीनकुनेस्थित सःमिल पुगेकी रहिछन्। जेठा छोराबुहारीसँग एक दिन बसेर गाउँ फर्कने योजना बनाएकी शुभद्रासहित एकै परिवारको शुक्रबार मध्यराती नृशंस हत्या गरिएको छ।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनकुने बस्ने २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। हत्या अनुसन्धान गर्न प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।

प्रकाशित: Sep 16, 2023| 14:23 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्