सोमबार, जेठ २५, २०८३

उद्यमी पुष्पमान श्रेष्ठको निधन

उद्यमी श्रेष्ठको शुक्रबार बेलुकी ५ बजे आफ्नै निवास सोल्टीमोड काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो।
 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौं– उद्योगी तथा सञ्चार उद्यमी पूर्वकम्युनिस्ट नेता पुष्पमान श्रेष्ठको निधन भएको छ।

National life

श्रेष्ठलाई २५ भदौमा डेंगु संक्रमण भएपछि नर्भिक अस्पताल थापाथलीमा भर्ना गरिएको थियो। मुटुका दीर्घरोगी रहेका श्रेष्ठलाई परिवारकै आग्रहमा शुक्रबार मध्यान्ह अस्पतालबाट घर लगिएको थियो।

सञ्चार उद्यमीसमेत रहेका पूर्वशिक्षक श्रेष्ठको शुक्रबार बेलुकी ५ बजे आफ्नै निवास सोल्टीमोड काठमाडौंमा ७४ वर्षको उमेरमा निधन भएको हो।

श्रेष्ठले एबीसी टेलिभिजनका संस्थापक अध्यक्ष र नयाँ विश्वका पूर्वअध्यक्ष रहेर सञ्चार उद्यमीको भूमिका वहन गरेका थिए।

स्व. श्रेष्ठले नेपाल पस्मिना उद्योग संघ, बागलुङ कल्याण समाज काठमाडौं, धवलागिरि बचत तथा ऋण सहकारीका अध्यक्षका रुपमा रहेर जिम्मेवारी वहन गरेका थिए। केही समय शिक्षण पेसासँगै उनले बागलुङका ग्रामीण बस्तीमा कम्युनिस्ट राजनीति फैलाएका थिए।

Shivam cement

प्रकाशित: Sep 16, 2023| 13:36 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्