सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गैरीगाउँ सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी राठौरको नेतृत्वमा समिति गठन

गैरीगाउँ सामूहिक हत्या अनुसन्धान गर्न एसएसपी राठौरको नेतृत्वमा समिति गठन

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरको नेतृत्वमा परिसर र बानेश्वर वृत्तका प्रहरी अधिकारी सदस्य रहने गरी समिति गठन गरिएको हो।
 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौं– प्रहरीले तीनकुनेको गैरीगाउँस्थित दिव्य सःमिलभित्र शुक्रबार राती भएको सामूहिक हत्याकाण्ड प्रकरणको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ। 

National life

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाले पाँच सदस्यीय हत्या अनुसन्धान समिति गठन गरेका हुन्। दिव्य सःमिलभित्र गए राती चार जनाको वीभत्स हत्या गरिएको थियो। हत्या गरिएका चारमध्ये तीन जना एकै परिवारका भएको खुलेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरको नेतृत्वमा परिसर र बानेश्वर वृत्तका प्रहरी अधिकारी सदस्य रहने गरी समिति गठन गरिएको हो। 

समितिमा जिल्ला प्रहरी परिसरका काठमाडौंका डीएसपी हरि खतिवडा, रानीपोखरीका डिएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डिएसी सुरक्षा केसी र प्रहरी वृत्त वानेश्वरका इन्स्पेक्टर वीरेन्द्र केसी सदस्य रहेका छन्। 

समितिलाई घटनाको सूक्ष्म अनुसन्धान गरी यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको छ। प्रहरीले सःमिलमा भएको सामूहिक हत्याबारे  मध्यराती १२ बजे सूचना पाएको थियो। त्यसपछि परिचालित प्रहरी टोलीले सःमिलका सुरक्षागार्ड दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी आमा र श्रीमतीसहित २० वर्षीय नवीन राईलाई मृत फेला पारेको थियो।

Shivam cement

नवीनका आफन्त पर्ने २८ वर्षीय दीपेन्द्र राईलाई प्रहरीले नियन्त्रणा लिएर सोधपुछ गरिरहेको छ। उनैले हिजो प्रहरी कार्यालय पुगेर घटनाबारे जानकारी दिएका थिए। सोधपुछकै लागि प्रहरीले अन्य ४ जनालाई पनि नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 16, 2023| 13:03 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्