सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • गैरीगाउँ हत्याः चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल लगियो

गैरीगाउँ हत्याः चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल लगियो

धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको थियो।
 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौं– तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा हत्या भएका चारै जनाको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ। पोस्टमार्टमका लागि चारै शवलाई शिक्षण अस्पताल पठाइएको हो।

National life

काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको थियो। घटना शुक्रबार राती १२ बजेतिरको भएको अनुमान गरिएको छ।

दिव्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलको परिवारका तीनसहित चार जनाको हत्या भएको हो। प्रहरीका अनुसार हत्या भएका व्यक्तिमा ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका २० वर्षीय नवीन राई छन्।

प्रहरीले घटनास्थलबाट सोधपुछको लागि काठमाडौं महानगरपालिका–३२ तीनकुने बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई नियन्त्रणमा लिइएको छ। मैनालीले तालिमप्राप्त कुकुरसमेत लगेर अनुसन्धान कार्य सुरु गरिएको जानकारी दिए।

प्रकाशित: Sep 16, 2023| 11:39 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्