सोमबार, जेठ २५, २०८३

चार जनाको हत्या भएको गैरीगाउँ घटना: चार अभियुक्त पक्राउ

 |  शनिबार, भदौ ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ३०, २०८०

काठमाडौंको तीनकुने गैरीगाउँस्थित दिव्य काठ मिलमा भएको चार जनाको हत्या घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। 

National life

पक्राउ परेका मध्ये एक दीपेन्द्र राई घटनापछि आफैं प्रहरीकहाँ खबर गर्न पुगेका थिए। पक्राउ परेका अन्य तीन जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन।

उनीहरु सबै लागु औषधको दुर्व्यसनी रहेको प्रहरीको भनाइ छ। हत्या गर्नुअघि उनीहरु तीनकुनेकै एक स्नुकर हाउसमा भेट भएका थिए। स्नुकर खेलेपछि उनीहरु मिल प्रवेश गरेका थिए।

शुक्रबार राति करिब १० बजे तीनकुनेस्थित दिव्य काठ मिलमा कार्यरत कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा शुभद्रा भुजेल र नवीन राईको हत्या भएको थियो। 

प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंका गरिएका दीपेन्द्र मृतक नवीनको काकाको छोरा हुन्।

Shivam cement

प्रकाशित: Sep 16, 2023| 10:22 शनिबार, भदौ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्