सोमबार, जेठ २५, २०८३

नारायणीमा नयाँ पुल बनाउन १ अर्ब ६८ करोड लाग्ने

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

चितवन- नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ। पूर्व-पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो।

National life

सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ। महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो। 

पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ। निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ। हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उनले जानकारी दिए। पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ। भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ। 

पुल निर्माणका लागि १ अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ। हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो। यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ।

प्रकाशित: Sep 15, 2023| 20:41 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्