आइतबार, असार १५, २०८२

भक्तपुरमा युवक मृत फेला, झोलुंगे पुलमा भेटियो जुत्ता

 |  शुक्रबार, भदौ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

vianetvianet

भक्तपुरको सूर्य विनायक नगरपालिका-१० चित्तापोलस्थित झोलुंगे पुल तलको भित्री सडक खण्डमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-३ घर भई हाल काभ्रेपको बनेपा-१३ नयाँ बस्ती साँगा बस्ने वर्ष २३ का सैलेश भारती घोप्टो परी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पुलमा १ जोर जुत्ता, एउटा मोजा र मृतक नजिक अर्को एउटा मोजा फेला परेको प्रहरीले जनाएको छ। समेत रहेको परिसरका सूचना अधिकृत वसन्त पाठकले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको जनाइएको छ।

प्रकाशित: Sep 15, 2023| 16:41 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्