सोमबार, जेठ २५, २०८३

उच्च अदालतको न्यायाधीशमा २७ जनाको नाम सिफारिस

आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको हो। 
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– न्याय परिषद् बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ। आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद् बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको हो। 

National life

परिषद्ले न्याय सेवा, कानुन सेवा र सरकारी वकिल, जिल्ला न्यायाधीश र कानुन व्यवसायी मध्येबाट २७ जनाको नाम उच्च अदालतका न्यायाधीशका लागि सिफारिस गरेको हो। 

सिफारिस हुनेमा १८ जना जिल्ला न्यायाधीश, ६ जना कानुन व्यवसायी रहेका छन्। सिफारिस हुने अन्यमा न्याय सेवा, कानुन सेवा र सरकारी वकिल समूहका छन्।   
२०७८ देखि उच्च अदालतमा न्यायाधीश नियुक्ति रोकिएको थियो।

परिषद्मा अध्यक्षको रुपमा प्रधानन्याायधीश श्रेष्ठ, कानुनमन्त्री धनराज गुरुङ, वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्याय परिषद्का सदस्यद्वय रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी रहेका छन्।

Shivam cement

प्रकाशित: Sep 15, 2023| 16:12 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्