सोमबार, जेठ २५, २०८३

ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु

प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा गम्भीर घाइते कोइरालाको उपचारका क्रममा मृत्यु भएको हो।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०
National life
Shivam cement

काठमाडौं– स्याङ्जा– स्याङ्जामा ग्यास लिक भई आगलागी हुँदा ९० वर्षीया वृद्धाको मृत्यु भएको छ। पुतलीबजार नगरपालिका–१३ लामपाटाकी केमकुमारी कोइरालाको बिहीबार बेलुकी  मृत्यु भएको हो।

प्रहरीका अनुसार खाना पकाउने क्रममा ग्यास लिक भई आगलागी हुँदा उनी गम्भीर घाइते भएकी थिइन्।

जिल्ला अस्पताल स्याङ्जा हुँदै मणिपाल शिक्षण अस्पताल पोखरामा थप उपचार भइरहेका बेला केमकुमारीको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित: Sep 15, 2023| 15:18 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्