काठमाडौंको कान्ति बाल अस्पतालको आकस्मिक कक्षमा निधन भएकी ५ वर्षीया बालिकाको निधनमा व्यवस्थापकीय कमजोरी रहेको प्रतिवेदनमा औंल्याइएको छ। प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाको आजको बैठकमा अस्पतालमा उपस्थित जनशक्तिले आवश्यक संवेदनशीलता प्रदर्शन गर्न नसकेको प्रतिवेदनको जानकारी गराएका हुन्।
‘घटना सार्वजनिक भएलगत्तै ५ दिनको समय प्रदान गरी तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिको भरमा पनि विषयवस्तुप्रति जुन तहको संवेदनशीलता प्रदर्शन गर्नुपर्थ्यो, त्यो हुन नसकेको तीतो यथार्थ कुराले हामीलाई सधैं झक्झकाउँछ भन्ने उल्लेख छ,’ प्रधानमन्त्रीले भने, ‘तत्काल सुधार गर्न सकिने व्यवस्थाकीय कमजोरी नै मुख्य जिम्मेवार रहेको निष्कर्षको रुपमा पेश प्रतिवेदन गरेको छ। अब आफ्नो पहलले मात्रै पूरा हुन नसके तालुक मन्त्रालयको सहयोगको माग पनि गरिएको छ। आगामी दिनमा यस्ता घटना नदोहारिन नदिने गरी काम गर्ने विश्वास दिलाउन चाहन्छु।’
भदौ १८ गते कान्ति अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि ल्याइएकी मकवानपुरकी ५ वर्षीया रेजिशा गोपालीको उपचार नै नपाएर निधन भएको थियो।