सोमबार, जेठ २५, २०८३

डाक्टर कुट्नेविरूद्ध चिकित्सक संघको किटानी जाहेरी

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०
National life
Shivam cement

हेटौंडास्थित सञ्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट गर्नेविरूद्ध नेपाल चिकित्सक संघले जाहेरी दिएको छ। संघले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गराएको हो।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा शुक्रबारदेखि हेटौंडाका सबै अस्पतालले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन्। कुटपिटबाट घाइते भएका डाक्टर विकास थापा उपचारका लागि काठमाडौंमा छन्। उनको मुखको हड्डी भाँच्चिएको छ भने अर्का डाक्टर प्रशान्त विडारीको अनुहार चोट लागेको छ।

हेटौंडा उपमहानगर–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारका क्रममा मृत्यु भएपछि हेलचेक्र्याइँ गरेको दाबी गर्दै चिकित्सकमाथि कुटपिट भएको थियो। मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार नै पक्राउ गरिएको बताएको छ।

प्रकाशित: Sep 15, 2023| 14:09 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्