सोमबार, जेठ २५, २०८३

सडकको खाल्डोमा खसेर २ वर्षीय शिशुको मृत्यु

सडक निर्माणका क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगर–२५ लोहनास्थित रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको मृत्यु भएको हो।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०
National life
Shivam cement

काठमाडौं– धनुषाको जनकपुरमा सडकको खाल्डोमा खस्दा दुई वर्षीय शिशुको ज्यान गएको छ। सडक निर्माणका क्रममा ठेकेदारले खुला छाडेको खाल्डोमा खसेर जनकपुरधाम उपमहानगर–२५ लोहनास्थित रञ्जित मुखियाका दुई वर्षीय छोरा रोहनको मृत्यु भएको हो।

आज बिहान सबेरै खेल्ने क्रममा शिशु घर अगाडिको सडकको खाडलको पानीमा खसेका थिए।

बालकलाई नदेखेपछि अभिभावकले खोजी गर्दा उनी सोही खाडलमा मृत भेटिएको धनुषा प्रहरीले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: Sep 15, 2023| 13:49 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्