बिहीबार, साउन ७, २०८३

गैंडाको आक्रमणले महिलाको मृत्यु

शुक्ला राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएका तीनमध्ये दुई महिलाले रुखमा चढेर ज्यान जोगाए भने एक जनाको गैंडाको आक्रमणले मृत्यु।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

कञ्चनपुर–शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको आज बिहान गैंडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।

‘बिहान ८ बजेतिर च्याउ टिप्न निकुञ्जभित्र प्रवेश गर्नुभएको रहेछ’, उनले भने, ‘गैँडाको आक्रमण परेर महिलाको घटनास्थलमै मृत्यु भएको जानकारी आएको छ।’ ऐरका अनुसार निकुञ्जको टोली अहिले घटनास्थल पुगेको छ।

मृतक बुढासँगै अन्य दुई महिला पनि आज बिहान च्याउ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। उनका अनुसार दुई जनाले भने रुख चढेर ज्यान जोगाएका छन्।

आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको थियो। सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो। दुई गैंडाले बुढालाई आक्रमण गरेको ती महिलाले बताएका छन्। 

प्रकाशित: Sep 15, 2023| 13:37 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्