सोमबार, जेठ २५, २०८३

बुबाको हत्या आरोपमा ‌औंसीकै दिन केसी पक्राउ

 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०
National life
Shivam cement

दाङमा आफ्नै बुवा ५१ वर्षीय प्रेम बहादुर केसीको कुटपिट गरी हत्या गरेको अभियोगमा घोराही उपमहानगरपालिका-५ दलजितपुर बस्ने २८ वर्षीय सन्तोष केसीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ।

सुतिरहेको अवस्थामा सन्तोषले कुटपिट गर्दा गम्भीर घाइते भएका प्रेम बहादुरको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ हुँदै मेडिकल कलेज कोहलपुर बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो।

मादक पदार्थ सेवन गरी आफ्नै बुवालाई कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Sep 15, 2023| 13:30 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्