मंगलबार, फागुन २६, २०८२

सहकर्मी कुटपिटको विरोधमा ७८ चिकित्सकले दिए सामूहिक राजीनामा

डाक्टरद्वय कुटपिटको विरोधमा हेटौंडा अस्पतालका ७८  चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका हुन््।
 |  शुक्रबार, भदौ २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– गत बुधबार हेटौंडा उपमहानगर–१ स्थित सन्चो अस्पतालमा कार्यरत डा.विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट भएको घटनाको विरोधमा आज मकवानपुरमा आकस्मिकबाहेकका सबै सबै स्वास्थ्य सेवा बन्द गरिएका छन्। डाक्टरद्वय कुटपिटको विरोधमा हेटौंडा अस्पतालका ७८ चिकित्सकसहितका स्वास्थ्यकर्मीले सामूहिक राजीनामा दिएका छन्।

National life

चिकित्सक कुटपिटको घटनामा संलग्न कारबाही नगरिएको र सुरक्षा चिन्ताका कारण सामूहिक राजीनामा दिइएको चिकित्सकले बताएका हुन्।

चिकित्सक आन्दोलित भएपछि मकवानपुरमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रामचन्द्र सापकोटाले बताए।
घटनाको विरोधमा हेटौंडा अस्पतालको आकस्मिक र फार्मेसी सेवाबाहेक सबै सेवा बन्द गरिएको उनको भनाइ छ। अस्पतालमा ओपिडी, बिरामी भर्ना र ल्याबलगायतका सेवा बन्द छन्।

डेंगु संक्रमणका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्तसहितका केही युवाको समूहले बुधबार चिकित्सकमाथि अस्पतालभित्रै प्रवेश गरेर कुटेका थिए।

ज्यान मार्ने उद्देश्यले डाक्टरद्वयमाथि आक्रमण भएकाले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य संस्था ठप्प पारिएको छ।

Laxmi sunrise bank
kumari

प्रहरीले हालसम्म घटनामा संलग्न रहेको आरोपमा मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार नै पक्राउ गरिएको बताएको छ।

प्रकाशित: Sep 15, 2023| 12:05 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्