बुधबार, मंसिर १२, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

डाक्टर कुटिएको विरोधमा मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प

ज्यान मार्ने उद्देश्यले डाक्टरद्वयमाथि आक्रमण भएकाले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य संस्था ठप्प पारिएको हो।
 |  शुक्रबार, भदौ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २९, २०८०

काठमाडौं– गत २७ भदौमा हेटौंडास्थित सञ्चो अस्पतालका डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि कुटपिट गर्नेलाई कारबाही माग्दै मकवानपुरमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको छ।

triton college

ज्यान मार्ने उद्देश्यले डाक्टरद्वयमाथि आक्रमण भएकाले घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने माग राख्दै आकस्मिकबाहेकका स्वास्थ्य संस्था ठप्प पारिएको हो। प्रहरीले हालसम्म घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिसकेको छ।

डाक्टर कुटपिटको विरोधमा मकवानपुरका स्वास्थ्य संस्थामा आज आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प गरिएका हुन्। नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सक र स्वास्थ्यकर्मीले आकस्मिकबाहेक स्वास्थ्य सेवा ठप्प पारेका हुन्।

आकस्मिकबाहेक अन्य सेवा सञ्चालन गर्न असमर्थ रहेको जानकारीसहितको पत्र चिकित्सकले प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन्। हेटौंडा उपमहानगर–१२ पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारका क्रममा मृत्यु भएपछि हेलचेक्र्याइँ गरेको दाबी गर्दै चिकित्सकमाथि कुटपिट भएको थियो।

मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले बिहीबार नै पक्राउ गरिएको बताएको छ। डाक्टर कुटपिट घटनाको विरोधमा ७८ चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।

Metro Mart
vianet

यसअघि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डाक्टरमाथि आक्रमण गर्नेलाई तुरुन्त कारबाही गर्ने बताएका छन्। हेटौंंडास्थित सञ्चो अस्पतालमा कार्यरत डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै भेट्न आएका नेपाल चिकित्सक संघका प्रतिनिधिलाई प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेले उन्मुक्ति नपाउने विश्वास दिलाएका थिए।

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि प्रहरीलाई निर्देशनसमेत दिइसकेको बताए। भेटमा प्रधानमन्त्री प्रचण्डले चिकित्सकमाथिको आक्रमण कुनै पनि हालतमा सह्य नहुने भन्दै दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएका थिए।

चिकित्सकद्वयलाई आक्रमण गर्ने व्यक्तिमाथि कारबाही माग गर्दै चिकित्सक संघ अध्यक्ष डा. अनिलविक्रम कार्की, महासचिव डा. सञ्जीव तिवारीलगायतको टोली प्रधानमन्त्री प्रचण्डलाई भेट्न गएको थियो।

प्रकाशित: Sep 15, 2023| 11:16 शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्