मंगलबार, फागुन २६, २०८२

डाक्टर कुट्नेलाई कारबाही गर्न चिकित्सक संघको अल्टिमेटम, प्रधानमन्त्री भन्छन् - कारबाही हुन्छ 

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

काठमाडौं- नेपाल चिकित्सक संघले हेटौंडामा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन सरकारलाई अल्टिमेटम दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाउँदै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो।

National life

संघले बिहीबार पत्रकार सम्मेलन गर्दै हेटौंडाको सन्चो अस्पतालमा डाक्टरमाथि आक्रमण गर्नेलाई ७२ घण्टा भित्रमा कानूनी कारबाहीको दायरामा ल्याउन अल्टिमेटम दिएको हो। ७२ घण्टाभित्र डाक्टर कुट्नेमाथि कारबाही प्रक्रिया अघि नबढे देशभरका सबै अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने संघका महासचिव डा. सजिव तिवारीले चेतावनी दिए। 

'७२ घण्टाभित्र उक्त घटनामा सलग्न दोषीलाई कानूनी कारबाही नगरिएको अवस्थामा संघले देशभर आकस्मिक सेवा बाहेकका अन्यू सम्पूर्ण सेवा बन्द गरेर आफ्नै ज्यानको ससुरक्षामा खटिन बाध्य हुनेछौं,' डा. तिवारीले भने, 'यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको जिम्मेवार नेपाल सरकार स्वयं हुनेछ।'

संघको ज्ञापनपत्र बुझ्दै उनले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानून बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्री प्रचण्डले सार्वजनिक स्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्ने जो कोहीलाई उन्मुक्ति नदिने बताएका उनले जानकारी दिए। 

बिरामीको यही साउन २५ गते निधन भएपछि अस्पतालमा कार्यरत चिकित्सकद्वय डा.विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

Laxmi sunrise bank
kumari

गत साउन २२ गते डेंगुको लक्षण लिएर अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई अस्पतालका चिकित्सकले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए। ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो।

त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपुर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका हुन्। कुटपिटमा संलग्नको आरोपमा प्रहरीले हेटौंडामा बिहीबार दुई जनालाई पक्राउ गरेको छ।

प्रकाशित: Sep 14, 2023| 19:00 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्