सोमबार, जेठ २५, २०८३

अघि बढ्यो पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम

 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

तुलसीपुर- पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ। सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो।

National life

दाङको ऐतिहासिक हापुरे बजार जोड्ने उक्त सडक १९ किलोमिटर रहेको छ। तीमध्ये १२ किमीमा कालोपत्र र बाँकी रहेको सात किमीमा मर्मत गरिने लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए।

सोही सडकका लागि २८ करोड रूपैयाँ बजेट आएको छ। सोहीअनुसार कामको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए।

'माथिल्लो सडक बिग्रिँदा आवतजावतमा निकै समस्या हुने गरेको छ, सबैले यो सडक स्तरोन्नतिको माग पनि गर्नुभएको छ', उनले भने, 'त्यसैले यो सडक स्तरोन्नतिका लागि प्रक्रिया अघि बढिसकेको छ।'

उक्त सडकले तुलसीपुरको गहतेखोलादेखि हापुरे जोड्छ। साथै सोही सडकमा पर्ने तीन खोलामा पुल निर्माणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको जनाउँदै त्यसका लागि सर्भेको प्रक्रिया अघि बढेको मन्त्री मास्कीले बताए। उनले समयमै काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिए।

Shivam cement

प्रकाशित: Sep 14, 2023| 20:21 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्