सोमबार, जेठ २५, २०८३

उमेरले रोक्दैन आम्दानी गर्नलाई

कृषिबाट लाखौं कमाउँदै ९० वर्षे गुरुङ

आठ वर्षसम्म अधिकृत स्तरको सेवा गरेका गुरुङले २०३२ मा जागिर छाडेर जडीबुटी, फलफूल र बाँस खेती गरेका हुन्।
 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

तनहुँ- व्यास नगरपालिका-५ पाटन निवासी केबी गुरुङ ९० वर्ष पुगे। उमेरले डाँडा काटिसके पनि उनमा जोश र जाँगर भने सोह्र वर्षे जवानीको भन्दा कम छैन। साविक कृषि विकास कार्यालयको अधिकृत पदको जागिर छाडेर कृषि पेसामा लागेका उनले एक सय रोपनीभन्दा बढी जमिनमा विभिन्न खेती गर्दै आएका छन्।

National life

आठ वर्षसम्म अधिकृतस्तरको सेवा गरेका गुरुङले विसं २०३२ मा जागिर छाडेर जडीबुटी, फलफूल र बाँस खेती गरेका हुन्। भारतको कानपुरमा बीएसी पास गरेर आएपछि नेपालका विभिन्न जिल्लामा जागिर गर्दै तनहुँमा सरुवा भएर आएपछि कृषि क्षेत्रतर्फ आफ्नो मोह बढेको उनले बताए।

जिल्लामा आएको चार वर्षपछि अन्यत्र जिल्लामा सरुवा भएपछि जागिरभन्दा कृषि पेसातर्फ आकर्षित भएको गुरुङको भनाइ थियो। यस जिल्लाबाट अन्यत्रै सरुवा गरेपछि बगैँचा छाड्ने कि जागिर भन्ने दुविधा भयो र अन्ततः जागिर नै छोडिएको उनले बताए।

विगत वर्षमा वार्षिक ३० लाखदेखि ४० लाखसम्मको बाँस र बाँसका बिरुवा बिक्री गर्दै आए पनि गतवर्ष मुस्किलले १० लाख बराबरको बिक्री गरिएको गुरुङले बताए। महामारीको रुपमा फैलिएको कोरोनापश्चात् मानिस विदेश पलायन हुने क्रम बढेसँगै कृषि पेसा ओझेलमा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।

'अबको एक वर्षभित्र अगरउड बिक्री गर्न लायक भएकाले करोडौँका अगरउड बिक्री गर्ने योजना छ', गरुङले भने,  '२६ वर्ष पूरा भएका दुई सय ५० वटा रुखमा कृत्रिम रसायन दिई अगरउड उत्पादन गर्न लागेको छु। भारतको आसामबाट प्रतिबिरुवा ५० रूपैयाँमा खरिद गरेर व्यावसायिकरुपमा बिरुवा लगाइएको अगरउड बिक्री हुन थालेपछि मात्रै खुसीको क्षण आउने छ।'

Shivam cement

अगरउडको खेतीसँगै उनले बर्सेनि करिब दुई/तीन लाख रूपैयाँको अगरउडका बिरुवा बिक्री गर्दै आएका छन्। 'रित्तो डोको लिएर आएको थिएँ, छिट्टै भरी नोट लिने सपना बुनेको छु,' गरुङले भने, 'सरकारले अगरउड र गाँजा खेतीलाई बढावा दिनसके देशको विकासमा आमूल परिवर्तन गर्न सकिन्छ।' 

अगरउडको बोक्राबाट सिन्केधूप र बाटेको धूप बनाउन सकिन्छ भने सक्कली अगरउड सुनको मूल्य बराबरमै बिक्री हुने अति महँगो बास्नादार वस्तु उत्पादन हुन्छ। किसान गुरुङका बगैँचामा अगरउडका साथै सुगन्ध कोचिला, तेजपात, श्रीखण्ड, एभोकाँडो, सुन्तला, कागती, आँप, लिची, रुद्राक्षलगायत फलफूल र जडीबुटी छन् ।  

त्यसैगरी बाँसतर्फ स्थानीय, इण्डियन बाँस, लठ्ठे, नियाले चिल्ले, तारुका, ढुंग्रे, मला, तामा, धनुलगायत बीस प्रजातिका बाँस अहिले बगैँचामा छन्।

सुरुमा ४२ प्रजातिका बाँस लगाए पनि केही चोरी भएको र केही मरेका कारण बाँसका प्रजाति घट्दै गएको उनले बताए। कृषि क्षेत्रमा नै जीवन बिताउँदै आएका किसान गुरुङमा पछिल्लो समय दुवै मिर्गौलाको समस्या भएकाले केही समय अघिदेखि डायलासिस गर्दै आएका छन्। डायलासिसमा मासिक ४५ हजार खर्च गरी उपचार गर्दै आएको उनले बताए।

प्रकाशित: Sep 14, 2023| 22:58 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्