आइतबार, असार १५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • प्रथम वनस्पतिशास्त्री तथा वनसचिव प्रयागराज पाण्डेलाई सम्झिइयो

प्रथम वनस्पतिशास्त्री तथा वनसचिव प्रयागराज पाण्डेलाई सम्झिइयो

 |  बिहीबार, भदौ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

vianetvianet

काठमाडौं- नेपालका प्रथम वनस्पतिशास्त्री तथा वनसचिव प्रयागराज पाण्डेको स्मृति कार्यक्रम सम्पन्न भएको छ।

वनस्पति विभाग र नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनद्वारा वनस्पति विभागमा संयुक्त रुपमा आयोजित उक्त कार्यक्रमको वनस्पति विभागका निर्देशक डा। राजेन्द्र केसी र नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनका चार्टर प्रेसिडेण्ट तथा वनस्पति विभागका पूर्व महानिर्देशक मधुसुदन बिष्टले संयुक्त रुपमा स्व। पाण्डेको तस्बिरमा माल्यार्पण गरिएको थियो।

नेपालका विभिन्न क्षेत्रमा कार्यरत वनस्पतिविद्हरुले नेपालको वनस्पति क्षेत्रमा स्व। पाण्डेले पुर्याएको अमूल्य योगदानका वारेमा प्रशंसा तथा स्मरण समेत गरेकाथिए । सो कार्यक्रममा वनस्पति विभाग स्थापना भएदेखि हालसम्म सो विभागमा कार्यरत पूर्व महानिर्देशकहरुलाई सम्मान गरिएको थियो। कार्यक्रमका मुख्य अतिथि वन तथा वातावरण मन्त्रालयका सचिव डा। दिपक कुमार खरेलले नेपालको वानस्पतिक क्षेत्रको विकासमा स्व। पाण्डेले कोरेको मार्ग, खाका र प्रयोगहरुलाई अध्ययन र विश्लेषण गर्ने हो भनी उनलाई एक भविष्यद्रष्टा एवं मार्गदर्शकको रुपमा हामीले मात्र होइन, भविष्यका पिँढीहरुका लागि समेत उनी वानस्पतिक प्रेरणाका स्रोतका रुपमा सवैको मानसपटलमा रहिरहने बताए।

वनस्पति विभागका महानिर्देशक डा। राजेन्द्र केसीले नेपालको वानस्पतिक क्षेत्रको समष्टिगत विकासका लागि विभाग वानस्पतिक क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थाहरुसँग हातेमालो गर्न तयार रहेको स्पष्ट
पारे।

नेपालका प्रथम वनस्पतिविद् प्रयागराज पाण्डे फाउण्डेशनका चार्टर पेसिडेण्ट तथा वनस्पति विभागका पूर्व निर्देशक मधुसुदन बिष्टले २००२ सालमा नेपाल सरकारको वनस्पति फाँटबाट सेवा प्रवेश गरी २०१६ मा वनस्पति विभागको स्थापना गरी सिनियर बोटानिष्ट नियुक्त भई नेपाल सरकारको प्रथम वन सचिवको पदभार ग्रहण गरेको  बताए। पाण्डेकै पहलमा नेपालमा वनस्पति विभाग र वन मन्त्रालय समेत स्थापना भएको स्मरण गर्दै प्रयागराज पाण्डेको  जति प्रशंसा गरे पनि नपुग्ने तर केही वर्ष यता भने वनस्पति क्षेत्रको विकासलाई सरकारले कम प्राथमिकतामा राखेको समेत उनको गुनासो थियो ।

वनस्पतिविद् डा। तीर्थबहादुर श्रेष्टले प्रयागराज पाण्डे नेपालका प्रथम वनस्पतिविद् मात्र नरहेर वानस्पतिक ज्ञानको भण्डार रहेको बताउँदै वर्तमान पुस्तालाई चिनाउन सक्नु नै स्व। पाण्डेप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए।

 

प्रकाशित: Sep 14, 2023| 17:53 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्