बिहीबार, साउन ७, २०८३

पर्वतमा दुर्लभ प्रजातिको ‘किङ कोब्रा’ भेटियो

कुश्माको चिन्नेखोला नजिकैको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि।
 |  बिहीबार, भदौ २८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ २८, २०८०

पर्वत– पर्वतको कुश्मा नगरपालिका–१० पिपलटारीमा विश्वमै दुर्लभ प्रजातिको सर्प राजगोमन (किङ कोब्रा) भेटिएको छ। चिन्नेखोला नजिकै रहेको बेलप्रसाद सुवेदीको गोठ नजिक देखिएको सर्प राजगोमन भएको पुष्टि भएपछि उद्धार सुरु गरिएको छ। 

डिभिजन वन कार्यालय पर्वत र पोखराबाट आएको सर्प विज्ञ टोलीले दुलोभित्र पसेको सर्पको खोजी गरिरहेको वडा नं १० का वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो।

यसअघि कुश्मा नगरपालिका–८ कटुवाचौपारी र वडा–१२ ठूलीपोखरीमा पनि राजगोमन भेटिएको थियो।–रासस

प्रकाशित: Sep 14, 2023| 16:24 बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्